Logo

मुख्य समाचार

प्रचण्डको प्रस्तावः गठबन्धन राम्रो भाष्य भएन, ‘गठबन्धन’को सट्टा सहयात्रा भन्न थालौं


२७ फाल्गुन २०८०, आइतबार  

69
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो गठबन्धनलाई ‘गठबन्धन’ नभनेर ‘सहयात्रा’ भन्नुपर्ने बताएका छन्।

शनिबार माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रम र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भएको छलफल र भेटघाटबारे ब्रिफिङ गरेका थिए।

सो क्रममा प्रधानमन्त्री प्रचण्डले आफू र एमाले अध्यक्ष ओलीबीच पनि ‘गठबन्धन’को सट्टा ‘सहयात्रा’ भन्नुपर्ने विषयमा कुराकानी भएको बताएका थिए।

प्रधानमन्त्री प्रचण्डले एक वर्षमा तीनपटक गठबन्धन बदलेको भन्दै आलोचना भइरहेको सन्दर्भमा उनले यस्तो प्रस्ताव अघि सारेका हुन्।

०७९ को निर्वाचनमा कांग्रेसहितको गठबन्धन गरेका प्रचण्डले गत वर्ष पुसमा सरकार बनाउँदा एमालेसहितका नेताहरूको साथ लिएका थिए।

दुई महिनापछि फेरि पुरानै गठबन्धनको सरकारमा फर्किएका प्रचण्डले अहिले फेरि एमालेसहितका दलहरूको समर्थनमा सरकारको नेतृत्व गरिरहेका छन्।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  ११ : १५ बजे