Logo

मुख्य समाचार

शिशु चोर्ने महिलालाई उच्च रक्तश्राव


१२ फाल्गुन २०८०, शनिबार  

828
Shares

काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट २६ दिने शिशु चोरेको आरोपमा पक्राउ परेकी दैलेखकी मनकुमारी सिंह अस्पताल भर्ना भएकी छिन् ।

उच्च रक्तश्राब भएपछि सिंहलाई सिनामंगलस्थित केएमसी अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी भुपेन्द्र खत्रीले बताए ।

शुक्रबार दिउँसो २६ दिनको शिशु हराएको थियो । लगत्तै जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयले क्लोज सर्किट (सीसी) क्यामरा फुटेज संकलन गरेर अनुसन्धान गरेपछि शुक्रबार राति १२ बजे प्रहरीले सिंहलाई काँडाघारीबाट पक्राउ गरि शिशुको उद्धार गरेको थियो ।

प्रहरीले सिंह, उनका पति र दिदीलाई नियन्त्रणमा लिएको छ । तर, प्रहरी नियन्त्रणमा रहेकै बेला उच्च रक्तश्राब भएपछि सिंहलाई अस्पताल भर्ना गरिएको हो । प्रहरीले राति नै सम्बन्धित परिवारलाई बच्चा जिम्मा लगाइसकेको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  २ : ५२ बजे