Logo

मुख्य समाचार

अध्यक्ष दाहालको व्यस्तताका कारण माओवादीको स्थायी समिति बैठक स्थगित


११ फाल्गुन २०८०, शुक्रबार  

115
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ ।

शुक्रबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको स्थायी समितिको बैठक पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको व्यस्तताका कारण स्थगित गरिएको पार्टीले जनाएको छ ।

नेताहरुको जिम्मेवारी हेरफेरका विषयमा छलफल गर्न शुक्रबार दिउँसो १ बजेका लागि  स्थायी समिति बैठक बोलाइएको थियो ।

स्थगित बैठक अब आगामी आइतबार बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ३ : ०९ बजे