Logo

मुख्य समाचार

प्रधानमन्त्री वा गृहमन्त्रीले जवाफ नदिए सदन चल्दैन् : ज्ञानेन्द्र शाही


११ फाल्गुन २०८०, शुक्रबार  

92
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले बालकुमारी घट्नामा दोषी देखिएका मन्त्री प्रकाश ज्वालालगायतलाई प्रक्राउ गर्न दबाब दिएका छन् । शाहीले प्रधानमन्त्री वा गृहमन्त्रीले रोष्टमबाट जवाफ नदिएसम्म संसद चल्न नदिने चेतावनी पनि दिए ।

शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा उनले आफ्नो दलको कार्यक्रममा रुमलिएर संसदमा नआउने तर दोष राप्रपालाई दिने भन्दै आक्रोश व्यक्त गरे । बालकुमारी घट्नामा दोषी देखिएका मन्त्री ज्वालालगायतलाई प्रक्राउ किन नगरेको भनेर प्रधानमन्त्री वा गृहमन्त्रीले रोष्टमबाट जवाफ नदिएसम्म संसद चल्न नदिने चेतावनी दिएका हुन् ।

सांसदले जनताका आवाज राख्दै जाने, सभामुखले टाउको हल्लाइरहने, मन्त्री र प्रधानमन्त्रीले जवाफ नदिने भए यो संसद किन चलाउन पर्‍यो ? उनको प्रश्न छ । सरकारको जवाफ नआउने भए सँधैका लागि संसदलाई छुट्टी दिएर रत्नपार्कको खुला मञ्चमा गएर भाषण गरे भइहाल्यो नि, शाहीले आक्रोश पोखे ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  १२ : २६ बजे