Logo

मुख्य समाचार

मृत्युदण्ड सुनाइएका दुई नेपालीका लागि तुरुन्त ब्लडमनी जुटाऔं : खतिवडा


१० फाल्गुन २०८०, बिहिबार  

92
Shares

काठमाडौं । कांग्रेस सांसद रामहरी खतिवडाले दुबईको जेलमा ब्लड मनी तिर्न नसकि मृत्युदण्डको सजाए सुनाइएका पहलमान मगर र भुवन श्रेष्ठको ब्लडमनी पचास लाख रुपैंयाँ तिरेर उनीहरुलाई नेपाल ल्याउने पहल गर्न सरकारसँग आग्रह गरेका छन् ।

बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा बोलेका सांसद खतिवडाले साथीलाई अस्पताल लैजाने क्रममा निधन भएपछि सोही केसमा मृत्युदण्डको सजाए सुनाइएका मगर र श्रेष्ठको उद्दारका लागि सरकारले जतिसक्दो चाँडो पहल गनुपर्नेमा जोड दिए ।

त्यस्तै उनले इजरायल हमार द्वन्द्वमा हमास नियन्त्रणमा रहेका भनिएका कञ्चनपुरका विपिन जोशीको अवस्थाबारे सरकारले संसदमा जानकारी गराउनुपर्ने माग गरे ।

‘हमासले अपहरण गरेका विपीन जोशीको अवस्था के छ त्यो जानकारी सरकारले सदनलाई गराउनुपर्यो’ सांसद खतिवडाले भने ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार  १ : ०३ बजे