Logo

मुख्य समाचार

आवाज नसुने सदन र सडकमा आन्दोलन : विराजभक्त श्रेष्ठ


१० फाल्गुन २०८०, बिहिबार  

92
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले सरकारले प्रतिपक्षको कुरा नसुन्ने हो भने संसद अवरुद्ध हुने चेतावनी दिएका छन् ।

विहीबार प्रतिनिधि सभाको बैठकमा उनले सरकारले यसरी सदनको कुरा नसुन्ने हो भने सदन मात्रै होइन सडक पनि अवरुद्ध हुने भन्दै सरकारले प्रतिपक्षले सदन चल्न दिएन भनेर दोष लगाउन नपाउने बताए ।

यस्तै, उनले बालकुमारी घटनाबारे शंकाको सुविधा दिंदा पनि प्रधानमन्त्रीले केही नगरेको भन्दै संसदप्रति सरकार जवाफदेही नभएको बताए ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार  ११ : ४५ बजे