Logo

मुख्य समाचार

परराष्ट्रमन्त्री साउद आज भारत जाँदै



काठमाडौं । परराष्ट्रमन्त्री नारायण प्रकाश साउद आज भारत जाँदैछन् । बहुपक्षीय मञ्च ‘रायसिना संवाद’को नवौँ संस्करणमा भाग लिन उनी आज भारत जान लागेका हुन् ।

मन्त्री साउदले यही फागुन ११ गते शुक्रबार फोरमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नयाँदिल्लीमा रहँदा परराष्ट्रमन्त्रीले भारत सरकारका साथै अन्य सहभागी देशका उच्चस्तरीय व्यक्तित्वसँग पनि भेट गर्ने जनाइएकाे छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  ६ : ४० बजे