Logo

मुख्य समाचार

पार्टीमा न्याय नपाएको गुनासो सम्बोधन हुनुपर्छ : उपाध्यय



ललितपुुर । नेपाली कांग्रेसकी सह-महामन्त्री महालक्ष्मी उपाध्याय डिनाले पार्टीले जनताको बिचमा गएर काम गर्ने नीति बनाउनुपर्ने बताएकी छन् ।

सोमबारबाट जारी पार्टीको महासमिति बैठकमा पार्टीको तर्फबाट स्वागत मन्तव्य राख्दै उनले संविधान कार्यान्वयनको जिम्मेवारी र अभिभारा कांग्रेसको भएको उनले बताइन् ।

उनले कांग्रेसको नीति उत्कृष्ण बनाउने र अबको नीतिले मुलुकको पुनः परिवर्तन र जनताको विकास गर्छ भन्ने अठोट नीति महाधिवेशनको हुनुपर्ने धारणा उनको थियो ।

सहमहामन्त्री उपाध्ययायले मुलुकलाई अब कता लाने भन्ने अभिभारा पनि नीति अधिवेशनको भएको जिकिर गरिन् ।

पार्टीमा न्याय नपाएको आवाज बढेको भन्दै उनले न्याय पाउने र न्याय दिने वातावरण बनाउन महासमिति बैठकले नीति अवलम्वन गर्न सफल हुने विश्वास व्यक्त गरिन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  ४ : ५१ बजे