Logo

मुख्य समाचार

क्रोनिक क्यापिटलिज्मले गर्दा नेताहरु व्यापारी जस्ता भए : उपसभापति गुरुङ



काठमाडौं । नेपाली कांग्रेसमा उपसभापति धनराज गुरुङले महासमिति पार्टीको सर्बोच्च निकाय भएकाले जनतामैत्री नीति र विधि बनाउनुपर्ने बताएका छन् । प्रजातान्त्रिक समाजवादको ब्याख्या र परिभाषा सबै तहका जनताहरुको पक्षमा हुुनुपर्ने बताए ।

ललितपुरको गोदावरीमा शुरु भएको महासमिति बैठकको उदघाटन समारोहमा बोल्दै उनले प्रजातान्त्रिक समाजवादले रुखको फेद बसेर मलजल गर्ने र टुप्पोमा बसेर फल खानेहरुविचको खाडलको अन्त्य गर्नुपर्ने औंल्याए ।

उनले क्रोनिक क्यापिटलिज्मले गर्दा नेता व्यापारिक जस्ता देखिएकाले क्रोनिक क्यापिटिलीजम्म विरुद्ध उत्रिनुपर्ने बताए ।

उपसभापति गुरुङले आगामी महाधिवेशनको मिति तयको बहस महासमिति बैठकमै उठ्नुपर्ने बताउँदै कांग्रेसबाट विजयी भएका वडाध्यक्षदेखि मन्त्रीहरु सबैको सम्पत्ती छानविन गर्नुपर्ने माग गरे ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  ३ : ५४ बजे