Logo

कर्पोरेट

विद्यार्थीलाई ग्लोबल आईएमईको डिजिटल साक्षरता



पोखरा । पोखरामा जारी सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलमा विद्यार्थीका निम्ति डिजिटल साक्षरता कार्यक्रम गरिएको छ । ग्लोबल आईएमई बैंकका रिलेसनसिप म्यानेजर सागरबहादुर सिंहले विद्यार्थीलाई डिजिटल बैंकिङका बारेमा सहजीकरण गरे ।

सिंहले विद्यार्थीलाई डिजिटल बैंकिङका फाइदाबारे बताए । डिजिटल बैंकिङ सेवाले सेवाग्राहीलाई सहज बनाएको उनको भनाइ थियो ।

उनले मोबाइल बैंकिङमार्फत विद्यालयको शुल्क तिर्ने व्यवस्था मिलाइएको जानकारी गराए । “स्कुलको फी पेमेन्ट सेवा धेरैलाई दिइरहेका छौँ । बच्चालाई पैसा दिएर वा बुवाआमालाई भनेर पैसा तिर्ने गर्नु पर्दैन । घरमै बसेर मोबाइल बैंकिङमार्फत स्कुलको खातामा फी तिर्न सकिन्छ,” उनले भने ।

यो सेवाले अभिभावकको समयको बचतसँगै समयमै शुल्न तिर्न सहज हुने उनको विश्वास छ ।

मोबाइल बैंकिङ निकै सुरक्षित भएको उनले बताए । ओटीपी कोर्ड, पासवर्ड, पिन नम्बर र सुरक्षा प्रश्न अरूसँग साझा नगर्न सिंहले अनुरोध गरे ।

ग्लोबल आईएमई बैंकले डिजिटल बंैकिङ सेवातर्फ मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर कोड पेमेन्ट, डेबिट र क्रेडिट कार्ड, ट्राभल कार्ड, ईकम कार्ड, मिस्डकल बैंकिङ र भाइबर बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

‘क’ वर्गको ग्लोबल आईएमईले ३५६ शाखामार्फत सेवा दिँदै आएको छ । २७८ एटीएम र विदेशबाट वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ५ : ०३ बजे