Logo

मुख्य समाचार

गठबन्धनको छायाँले कांग्रेसको मौलिकता ग्रसित : नेता कोइराला



काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपाली कांग्रेसको महासमिति बैठक नेपाली कांग्रेसकै लागि चुनौतीको रुपमा देखिएको बताएका छन् ।

आइतबार नेपाली कांग्रेसको महासमिति बैठकको पूर्वसन्ध्यामा आयोजित चियापान कार्यक्रममा बोल्दै उनले, गत वर्षका महाधिवेशन र महासमिति बैठकभन्दा यसपालिको महासमिति बैठकमा निकै अन्तर भएको बताएका हुन् ।

नेता कोइरालाले महासमिति सदस्यहरूलाई बैठकमा आफ्ना विचार तथा सुझावहरु स्पष्ट तरिकाले राख्न समेत आग्रह गरे ।

नेपाली कांग्रेस स्वतन्त्रतामा विश्वास गर्ने पार्टी भएको भन्दै नेता कोइरालाले पार्टीमा आँच आउन दिन नहुने बताए ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ३ : ३६ बजे