Logo

कर्पोरेट

नबिल बैंक र हेयर एन्ड शान्तिबीच सम्झौता



काठमाडौं । नबिल बैंकको र हेयर एन्ड शान्ति युनिसेक्स सलुनबीच सम्झौता भएको छ ।

सम्झौताअनुसार नबिल बैंकका ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रायोरिती कार्ड, एन बैंक वा बैंक ट्रान्सफरमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्ति हुनेछ । यस्तो छुट हेयर कट, कलरिङ, केराटिनजस्ता केस सज्जाका सेवा तथा मेनिक्योर–पेडिक्योर, नेल आर्टलगायत अनुहार र सौन्दर्यलगायत सम्पूर्ण सेवामा उपलब्ध हुने उल्लेख गरिएको छ ।

बैंकका तर्फबाट रिटेल ट्रान्जेक्सन विभागका प्रमुख निरज शर्मा र हेयर एन्ड शान्तिका युनिसेक्स सलुनकी सञ्चालक विनिता बुढाथोकीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ११ : ५० बजे