Logo

Breaking News 1

‘संविधान र संसदको नियन्त्रणमा रहने राजसंस्था हाम्रो परिकल्पना हो’



काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूहरुले संविधान र संसदको नियन्त्रणमा रही राजादेखि माओवादी सबै अटाउने प्रजातान्त्रिक व्यस्थाको कल्पना गरेको बताएका छन् ।

शनिबार महोत्तरीको जलेश्वरस्थित जिल्लास्तरीय पार्टी प्रशिक्षणका लागि पुग्नुअघि जनकपुरधाममा भएको पत्रकार सम्मेलनमा उनले केवल राजसंस्था फर्काउने मात्र नभई संविधान र संसदको नियन्त्रणमा रहि राजादेखि माओवादी सबै अटाउने प्रजातान्त्रिक व्यवस्थाको कल्पना गरेको बताएका हुन् ।

उनले देशमा ठूलो सङ्ख्यामा गणतन्त्र चाहने मानिस रहेकाले गणतन्त्रवादीलाई र परिवर्तनकारीहरुलाई पनि चित्त बुझ्ने सहमति र सम्झौताको राजसंस्थाको चाहेको बताए । राजादेखि माओवादी सबै अटाउने मौलिक प्रजातन्त्रको कुरा गरेको हुनाले निरङकुश हुने अथवा कार्यकारी हुने भन्ने प्रश्न नै नआउँने उनको भनाइ छ ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ३ : ११ बजे