Logo

मुख्य समाचार

भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माणको ध्यानाकर्षण



काठमाडौं । राष्ट्रिय सभाका सांसद जगप्रसाद शर्माले भूकम्प प्रभावित जाजरकोट, रुकुम पश्चिम, बझाङ र बाजुरामा पुनर्निर्माण व्यवस्थित तरिकाले अगाडि बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

सोमबारबाट सुरु भएको राष्ट्रिय सभाको हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले पीडितलाई राहत दिन र विशेष योजनाका साथ स्थायी आवास निर्माणमा लाग्न माग गरे ।

त्यस्तै सांसद शर्माले व्यवस्थाको औचित्यमाथि प्रश्न उठिरहेको भन्दै जनवर्गीय हिसाबले अहिलेको व्यवस्था उत्तम रहेको दाबी गरे ।

उनले भने, ‘यो व्यवस्था लामो संघर्ष पार गरेर आएको हो । पछिल्लो समय व्यवस्थामाथि उठेका प्र्रश्न लोकतन्त्रको सुन्दर पक्ष पनि हो । तर, संविधान र व्यवस्थामा आँच आउनेगरि जसरी प्रश्न उठिरहेका छन्, यो गम्भीर संकेत हो । समग्रमा जुन व्यवस्था हामीले ल्याएका छौं, निकै सुन्दर छ ।’

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  ४ : ५३ बजे