काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले टेलिकमको विकासको लागि आत्मसमीक्षा गर्न आवश्यक रहेका बताएकी छिन् ।
सोमबार नेपाल टेलिकमको २० औं वार्षिकोत्सव समारोहमा उनले एक अर्कालाई दोष लगाएर उम्कनसक्ने अवस्थामा नरहेको भन्दै सरकारको तर्फबाट आत्म समीक्षा गर्न नीतिगत समस्या समाधान गर्न तयार रहेको बताईन् ।
उनले कमजोरीलाई सुधार गर्न योजना र उर्जाका साथ एकताबद्ध भएर अगाडि बढ्ने संकल्प गर्न आवश्यक भएको पनि बताइन् ।
दूरसञ्चारको क्षेत्रमा देखिने बेतिथी र अन्यौलत हटाउन मन्त्रालयले नीति र प्रशासनिक दुवैखालका काम अगाडि बढाइरहेको भन्दै कर्मचारीहरुको सेवा सुविधालाई व्यवस्थित गर्न आग्रह गरिन् ।
नेपाल टेलिकम नेपाल सरकारको अधिक्तम स्वामित्व भएको संस्था भएकाले सरकारको उद्देश्य र लक्ष्य पूर्ति गर्न ग्राहकहरुलाई सुलभ र गुणस्तरीय सेवा प्रदान गर्नेगरि आफ्नो नीति, योजना तथा कार्यक्रम अनुसार काम गर्न निर्देशन दिइन् । कार्ययोजना र लक्ष्य अनुसार अघि बढ्दै फोरजी सेवाको विस्तार, अप्टिकल फाईबर योजनाहरु छिटो सम्पन्न गर्न, सेवाको गुणस्तरमा सुधार गर्न, आय चुहावटको नियन्त्रण गर्न पनि मन्त्री शर्माले निर्देशन दिइन् ।
प्रतिक्रिया