Logo

खेलकुद

एएफसी एसिया कप : जापान र इरान क्वाटरफाइनलमा प्रवेश



काठमाडौं । जापान र इरानले एएफसी एसिया कपको अन्तिम ८ मा स्थान पक्का गरेका छन् । बुधबार राति भएको खेलमा जापानले बहराइनलाई ३–१ गोल अन्तरले पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गर्दा इरानले सिरियालाई पेनाल्टी सूटआउटमा ५–३ गोल अन्तरले पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरेको हो ।

कतारमा जारी प्रतियोगिता अन्तर्गत जापानको जितमा रित्सु दोआन, टेकफुसा कुबो र आयास युएडाले एक एक गोल गरेका थिए । बहराइनको एक गोल पनि उपहार थियो । जापानको जिओनी सुजुकीले आफ्नै पोस्टमा गोल गरेका थिए । यस्तै, अर्को खेलमा इरानले सिरियासँग एक एक गोलको निर्धारित समय बराबरी खेलेको थियो । ३४ औं मिनेटमा मेहदी टेरामीले पेनाल्टीमा गोल गर्दै इरानलाई अग्रता दिलाएका थिए ।

६४ औं मिनेटमा ओमार खर्बिनले पेनाल्टीमा गोल गर्दै खेल बराबरी गरे । दोस्रो हाफको अतिरिक्त समयमा इरानका टेरामी दोहोरो पहेँलो कार्ड पाउँदै मैदान छाड्दा १० खेलाडीमा समेटिएको थियो । तर, सिरियाले गोल थप्न नसक्दा खेलको नतिजा पेनाल्टी सूटआउटबाट निकालिएको हो ।

जसमा इरानले पाँच गोल गर्दा सिरियाले ३ मात्र गरेको थियो । एसिया कपको क्वाटरफाइनलमा इरान र जापानले प्रतिस्पर्धा गर्ने छन् । बुधबार रातिको नतिजासँगै एएफसी कपको क्वाटरफाइनल समिकरण पनि पुरा भएको छ । शुक्रबार ताजकिस्तान र जोर्डन तथा अस्ट्रेलिया र दक्षिण कोरिया भिड्ने छन् । यसैगरी शनिबार इरान र जापान तथा कतार र उज्वेकिस्तान आमने सामने हुने छन् ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहिबार  ८ : २७ बजे