Logo

मुख्य समाचार

सामाजिक सुरक्षा ऐन लागू गर्न माग गर्दै कर्मचारी आन्दोलित



विराटनगर । आफूहरुको माग पूरा नभएको भन्दै सुनसरी–मोरङ सिँचाई आयोजनाको विराटनगरस्थित मुख्य कार्यालयका कर्मचारीहरु आन्दोलित बनेका छन् ।

योगदानमा आधारित सामाजिक सुरक्षा ऐन लागू गर्नुपर्ने माग गर्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरुले कार्यालयमा मंगलबार तालाबन्दी गरेका छन् । माग पूरा गराउन कर्मचारीहरु धर्नामा बसेका छन् ।

आयोजनामा कार्यरत तीन सयभन्दा बढी अस्थायी, करार, ज्यालादारीका कर्मचारीले कार्यालयको मूल गेटमा तालाबन्दी गरका हुन् ।

अखिल नेपाल अस्थायी, करार र ज्यालादारी कर्मचारी श्रमिक संघका अध्यक्ष दुर्गा राईले माग पूरा नभएसम्म आन्दोलन नरोकिने बताएका छन् ।

कर्मचारी आन्दोलनमा उत्रिएपछि कार्यालयको काम प्रभावित बनेको छ ।

यसैबीच, आयोजनाका निमित्त आयोजना निर्देशक कैलाश श्रेष्ठले आन्दोलनरत कर्मचारीसँग वार्ता गर्नका लागि सिनियर डिभिजन इन्जिनियर अमरेन्द्रकुमार देवको संयोजकमा ५ सदस्यीय वार्ता टोली गठन गरेका छन् ।

इन्जिनियर नित्यानन्द झा, समाजशास्त्री रविकुमार साह, नायब सुब्बा हरिप्रसाद सुवेदी र लेखापाल रमेश पाण्डे वार्ताटोलीमा सदस्य छन् ।

आन्दोलनरत कर्मचारीहरुसँग वार्ता गरी समस्या समाधानको पहल गरिने आयोजना कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ५ : २३ बजे