Logo

मुख्य समाचार

फिलिपिन्स र भियतनामबीच टकराव रोक्ने सहमति



काठमाडौं । दक्षिण चीन सागरमा टकराव रोक्न फिलिपिन्स र भियतनामबीच एउटा सम्झौतामा हस्ताक्षर भएको छ । फिलिपिन्सका राष्ट्रपति फर्डिनान्डो मार्कोस जुनियरको हनोई भ्रमणका क्रममा मंगलबार उक्त सम्झौता भएको हो ।


दक्षिण चीन महासागर शिपिंगका लागि सबैभन्दा महत्त्वपूर्ण जलमार्गहरू मध्ये एक हो । फिलिपिन्स र भियतनामलगायत धेरै देशहरूले यस विषयमा चीनसँग समुद्री विवाद जारी राखेका छन् ।

चीनले लगभग पूरै दक्षिण चीन सागरमा कब्जा गर्ने रणनीति बनाएको छ । यति मात्र होइन, विगत एक वर्षदेखि विवादित जलक्षेत्रमा चीन र फिलिपिन्सका पानीजहाजहरूबीच झडपहरु भइरहेका छन् । जसका कारण तनाव बढ्ने सम्भावना पनि छ ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ९ : ५१ बजे