Logo

मुख्य समाचार

अनलाइन जुवा खेलाउने युवक पक्राउ



विराटनगर । प्रतिबन्धित अनलाइन जुवा र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ती माध्यमबाट करिब डेढ अर्बको कारोबार गरेको भनिएका २६ वर्षीय डम्बरबहादुर साहलाई प्रहरीले इलामबाट पक्राउ गरेको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार अनलाइन जुवा खेल्नेहरूका लागि अवैध रुपमा रकम ट्रान्सफर गरिदिने समूहका नाइकेलाई पक्राउ गरेको जनाएको छ ।

सप्तरीको राजविराज–१० का साहले आफ्नो कम्पनीमार्फत सन् २०२१ यता अनलाइन जुवा र अन्य अवैध कारोबारका लागि १ अर्ब ४९ करोड रुपैयाँ ट्रान्सफर गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

साहले सञ्चालन गरेको उद्गम भेन्चर क्यापिटल, प्रोफिस्ट र उनकै नामको खाताबाट विभिन्न चरणमा अवैध अनलाइन जुवाका लागि रकम पठाउने गरेको पाइएको छ ।

उनले अनलाइन जुवा र ठगीका लागि नगदै, क्रिप्टोकरेन्सी र ब्याज लिएर बैंक ट्रान्सफरबाट पनि रकम पठाउने गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ५ : ४६ बजे