Logo

कर्पोरेट

एसियन लाइफ इन्स्योरेन्सको घोषणा



काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको १८८ औं सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित नाफाबाट ७.७५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

साथै सो को कर प्रयोजनार्थ नगदसहित कुल २५ करोड ७४ लाख रुपैयाँ बराबरको लाभांश दिने निर्णय बैठकले गरेको हो । सो लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात साधारणसभाबाट पारित भई लगानीकर्ताले पाउने छन् । कम्पनीले गत आर्थिक वर्षमा ८.५० प्रतिशत बोनस सेयर र सोमा कर प्रयोजनार्थ ०.४५ प्रतिशत नगद लाभांश दिएको थियो ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ६ : ५९ बजे