Logo

कर्पोरेट

आईएमई लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक



काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको अपरिस्कृत दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा गत वर्षको यसै अवधिको तुलनामा २ गुणा बढी देखिएको छ ।

गत आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ११ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले यो वर्ष सो अवधिमा २३ करोड ४७ लाख रुपैयाँ कमाएको छ ।

कम्पनीको बढ्नुमा लगानी तथा ब्याजवापतको आम्दानी बढ्नुले नाफामा मुख्य योगदान पु¥याएको देखिन्छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा यस्तो आम्दानी ३४ करोड ४५ लाख रुपैयाँ रहेकोमा यो वर्षको सो अवधिमा ६३ करोड ९२ लाख रुपैयाँ बराबर छ । जसले गर्दा कम्पनीको कुल आम्दानी नै बढ्न गएको छ ।

कम्पनीले चालु वर्षको दोस्रो त्रैमाससम्म २ अर्ब १० करोड रुपैयाँ प्रिमियम रकम संकलन गरेको छ । गत वर्षको सोही अवधिमा यस्तो प्रिमियम रकम १ अर्ब ८७ करोड रुपैयाँ बराबर थियो । कम्पनीको खुद नाफा बढ्दा प्रतिसेयर आम्दानी पनि बढेको छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ११ रुपैयाँ ७४ पैसा छ ।

गत वर्ष यस्तो आम्दानी ९ रुपैयाँ १० पैसा थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ १७७ रुपैयाँ २७ पैसा छ । बिहीबार बजार बन्द हुँदा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५३६ रुपैयाँ छ ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ६ : ५४ बजे