Logo

कर्पोरेट

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स को छैठौं वार्षिक साधारण सभा सम्पन्न



काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लि. को आ.व. २०७८।०७९ को छैठौं वार्षिक साधारण सभा आज काठमाण्डौंमा सम्पन्न भएकाे छ । कम्पनीका अध्यक्ष श्री तारा चन्द केडियाको अध्यक्षतामा सञ्चालन भएको साधारण सभामा सभाध्यक्षले स्वागत मन्तव्य राख्नुको साथै वार्षिक विवरण समेत पेश गरेका थिए।

कम्पनीको छैठौं वार्षिक साधारण सभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने अघिल्लो आ.व. ०७८÷७९ वार्षिक प्रतिवेदन सहित साबिक सानिमा लाईफ इन्स्योरेन्स लि. तथा रिलायन्स लाइफ इन्स्योरेन्स लि. का आ.व. २०७८÷०७९ को लेखापरिक्षण प्रतिवेदन तथा वित्तीय विवरण पारित गरेको छ । साथै आ.व.०७८ ÷७९ को लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको प्रस्ताव समेत पारित गरेको छ ।

सभाले संस्थापक शेयरधनी समुहको तर्फबाट प्रतिनिधित्व गर्ने चार जना सञ्चालकहरु कुमार प्रसाद कोइराला, रतनलाल केडिया, डा. सुवर्ण दास श्रेष्ठ र भरत कुमार तोदी तथा सर्वसाधारण शेयरधनी समुहको तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालक केशव राज के.सी. र परिक्षीत खेम्का निर्विरोध निर्वाचित भएका छन् ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहिबार  ५ : ४८ बजे