Logo

कर्पोरेट

वाणिज्य बैंकको अवस्था सुधारतर्फ



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकका वाणिज्य बैंकहरुको अवस्था सुधारतर्फ अघि बढेकाले ऋणको माग बढाउन ध्यान दिनुपर्ने बताएका छन् ।

राष्ट्रिय वाणिज्य बैंकको ५९औं वार्षिकोत्सव कार्यक्रमलाई बुधबार राजधानीमा सम्बोधन गर्दै उनले केही घाटामा गएको देखिए पनि डराउनुपर्ने अवस्था नरहेको भन्दै बैंकहरुलाई आश्वस्त पारे ।

गभर्नर अधिकारीले राष्ट्रिय वाणिज्य बैंक धेरै आरोह अवरोह पार गरेर अहिलेको स्थितिमा आइपुगेको बताए । नेपाल सरकार र नेपाल राष्ट्र बैंकको पहलमा यो संस्थालाई पुनःस्थापना गरिएको भन्दै उनले अहिले आर्थिक अवस्था सुधार हुँदै गइरहेको भनाइ राखे ।

नेपाल राष्ट्र बैंकले मासिक, त्रैमासिक, अर्धवार्षिक प्रतिवेदनहरु सार्वजनिक गरिरहेको बताउँदै यसले अर्थतन्त्र सुधार हुँदै गइरहेको देखिएको उनले दाबी गरे ।

उनले भने, ‘अब अन्य वाणिज्य बैंकहरुले पनि अब १०.१० प्रतिशतको आधारदरभित्रै ब्याजदरमा ऋण उपलब्ध गराउनुपर्छ । यसले कर्जाको माग पनि बढ्दै जाने हामीले विश्वास लिएका छौं ।’

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ४ : ३८ बजे