Logo

समाचार

माघ १३ देखि ‘विश्वकर्मा ब्याटल अफ टाइटन्स–२’



काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) केन्द्रीय कार्यसमितिले ‘विश्वकर्मा–ब्याटल अफ टाइटन्स–२’ आयोजना गर्ने भएको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी समितिका केन्द्रीय सदस्य नारायण पाण्डेले माघ १३, १४ र १५ मा ‘विश्वकर्मा ब्याटल अफ टाइटन्स–२’ आयोजना गर्न लागिएको जानकारी दिएका हुन् ।

उनले नेपालको संविधानलाई अनुसरण गर्दै प्रविधिसँग अभ्यस्त वर्तमान युगसापेक्ष नीति तथा कार्यक्रममार्फत् विद्यार्थीलाई अनुसन्धान, सिर्जना र आविष्कारसँग जोड्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुने समूहले ३.५ लाख, दोस्रो हुने समूहले १.५ लाख र अन्य श्रेणीमा विजयी हुने एक समूहले १ लाख गरी समग्र प्रतियोगितामा ६ लाख रुपैयाँ पुरस्कार दिइने जनाइएको छ ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ३ : ३२ बजे