Logo

समाचार

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु



विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका–८ भोटेपुलमा हायस गाडीको ठक्करले एकजनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार गाडीको ठक्करले मोटरसाइकल चालक धरान उपमहानगरपालिका–१५ का ४६ वर्षीय शम्भु दर्जीको मृत्यु भएको हो ।

इटहरीबाट धरान जाँदै गरेको ना१ज ७१२१ नम्बरको हायस गाडीले मंगलबार साँझ को६प ५६०३ नम्बरको मोटरसाइकल र को ३२ प ८६६१ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

त्यस क्रममा सिकिस्त घाइते भएका मोटरसाइकल चालक दर्जीलाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । त्यहीँ उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्कुटर चालक धरान–८ का ४४ वर्षीय सुरज गजमेर सामान्य घाइते भएका छन् ।

हायसका चालक सप्तरीको सुरुङ्गा–८ का २८ वर्षीय तेजनारायण सदालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  १२ : ४६ बजे