Logo

धर्म / संस्कृति

पञ्चकोटमा फाल्गुन ९ गतेदेखि महायज्ञ



काठमाडौं । श्री महायज्ञ सम्पादन मूल समारोह समितिले बाग्लुङको पञ्चकोटमा अनन्तश्री ब्रह्माण्डीय महायज्ञ–२०८० आयोजना गर्ने भएको छ ।

समितिले आगामी फाल्गुन ९ गतेदेखि २३ गतेसम्म विश्वप्रसिद्ध मुक्तिक्षेत्रमा अवस्थित राष्ट्रकै महत्वपूर्ण धार्मिक एवं पर्यटकीय जिल्ला बाग्लुङको सर्वसिद्धिधाम पञ्चको अनन्तश्री ब्रह्माण्डीय महायज्ञ–२०८० आयोजना गर्न लागेको जानकारी दिएको हो ।

धार्मिक पर्यटकीयस्थलहरूको व्यापक प्रचार–प्रसार गर्दै अर्थतन्त्रको विकास गर्नुका साथै विश्व जलसम्पदा रक्षाको प्रतिकस्वरूप रहने निर्माणाधीन विश्वशान्ति गण्डकी कलशलाई पूर्णता दिने उद्देश्ले महायज्ञ आयोजना गर्न लागेको समितिले जनाएको छ ।

समितिका अनुसार महायज्ञको २५ फिट अग्लो धान्यामौलो (पञ्चश्री स्वर्ण स्तम्भ) मा २१ हजार ५ सय ५५ जना श्रद्धालु भक्तजनहरुबाट २१ हजार ५ सय ५५ क्विन्टल धान अर्पण गरी ऐतिहासिक रूपमा धान्याचल हुनेछ ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ४ : ०४ बजे