Logo

धर्म / संस्कृति

आजको राशिफल



मेष
हतारको निर्णयले काम बिग्रनेछ। महत्त्वाकांक्षी योजनामा आफ्नैले बाधा पुर्याउलान्। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुपर्नेछ। खराब व्यक्तिको संगतले समस्या निम्त्याउनेछ।

वृष
सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ।

मिथुन
अवसर आए पनि आत्मविश्वासको कमीले पछि परिनेछ। शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दुस्ख पाइनेछ। हडबडीले काम बिग्रनेछ भने सानो गल्तीले मौका गुम्न सक्छ।

कर्कट
सोख, खानपान र साजसज्जामा खर्च गर्नुपर्ने समय छ। तापनि नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम प्रारम्भ गर्ने समय छ।

सिंह
समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला। आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ। अवसरका लागि निकै दौडधुप गर्नुपर्नेछ। समय दिन नसक्दा बन्न लागेको काम बिग्रन सक्छ।

कन्या
भौतिक साधन जुट्नाले प्रसन्नता मिल्नेछ। आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि राम्रै फाइदा हुनेछ। मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ।

तुला
प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। छोटो समयमा पुरुषार्थी काम सम्पादन हुनेछ। नाम, दाम र इनाम कमाउने बेला छ। पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ।

बृश्चिक
परिस्थितिवश चिताएको काम रोकिन सक्छ। हल्लाको पछि लाग्दा आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। अस्वस्थताले काममा जुट्न नसकिएला। कमजोरीले चिन्ता बढाउनेछ भने परिस्थितिवश चिताएको काम रोकिन सक्छ।

धनु
सानातिना काममा अल्झनुपरे पनि बुद्धिको उपयोगले समस्या पहिचान हुनेछ। तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ।

मकर
पहिलेको सफलताले हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। काम बन्नुका साथै धनलाभ हुनेछ। बिछोडिएका आफन्तसँग रमाइलो भेटघाट हुनेछ।

कुम्भ
स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। ईर्ष्या गर्नेहरूले हार खानेछन्।

मीन
परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ। समयतालिका नमिल्दा आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। विशेष खानपानको अवसर प्राप्त भए पनि स्वास्थ्य(चिन्ताले सताउनेछ। परिस्थितिवश चिताएको काम रोकिन सक्छ।

प्रकाशित मिति : २३ भदौ २०८३, मंगलबार  ६ : ०४ बजे