Logo

मुख्य समाचार

मुलुक कांग्रेसकै नीतिअनुसार चलेको छ : उपसभापति खड्का



काठमाडौं । नेपाली कांग्रेसका तथा रक्षामन्त्री उपसभापति पूर्णबहादुर खड्काले मुलुक कांग्रेसकै नीतिअनुसार चलेको बताएका छन् ।

कांग्रेस जिल्ला कार्य समितिले नवलपरासीले आयोजना गरेको प्रशिक्षणका क्रममा उनले संविधान निर्माणदेखि कार्यान्वयनसम्म कांग्रेस नै नेतृत्व गरेको र सोही अनुसार काम भइरहेको बताए ।

उनले आगामी महासमिति बैठकपछि महासमिति सदस्यहरु थप ठूलो आशा र भरोसा जाग्ने गरि अभियान पार्टीले सुरु गर्ने जानकारी पनि दिँदै निर्वाचित हुने, उम्मेदवार र निर्वाचित गराउने ठूलो पंक्तिकाबीच खटपट हुने नदिने गरि काम गर्नु पर्ने बताए ।

उनले आम जनताको विश्वास कांग्रेसमा भएको भन्दै उक्त विश्वासलाई कायम राख्दै अगाडि बढन नेता तथा कार्यकर्तालाई सुझाव पनि दिए ।

पार्टी सुधार र रुपान्तरणका लागि भाषणले नहुने भन्दै आफूभित्रको कमजोरी स्वीकार गरी त्यसलाई नदोहोर्याउने गरी सुधार गर्नुपर्ने पनि उनको भनाइ थियो ।

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार  ६ : ०३ बजे