Logo

मुख्य समाचार

लमजुङमा घरमा आगलागी: एकको मृत्यु, १ करोड बढीको क्षति



पोखरा । लमजुङमा एक घरमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ । मर्स्याङ्दी गाउँपालिका ४, स्याँगेमा रहेको एक घरमा गएराति आगलागी हुँदा ४४ वर्षिया सन्तमाया श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

फलामे पोल गाढेर पर्खाल लगाएको, बाहिर सटर र माथि टिनको छानो लगाएर बनाएको घरमा आगलागी भएको लमजुङका प्रहरी निरीक्षक थानेश्वर चपाईंले जानकारी दिए ।

सन्तमायाका श्रीमान् ४५ वर्षीय राजेन्द्र श्रेष्ठ भने हाम फालेर बाचेको प्रहरी निरीक्षक थानेश्वर चपाईंले बताए । बिजुली सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

आगलागीबाट घरसहित पसलका सामान र ग१६प ३९३८ को मोटरसाइकल पनि जलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागीबाट १ करोड ४० माथि सरसामान नष्ट भएको छ ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  १० : २६ बजे