Logo

कर्पोरेट

सिटिजन लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले लाभांश र तथा साधारणसभा प्रयोजनका लागि भनेर पुस २९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

पुस २७ गते कारोबार नहुने, पुस २८ शनिबार भएकोले आजसम्म कायम कम्पनीहरुले मात्र घोषणा गरेको लाभांश पाउने छन् ।

कम्पनीको सातौँ वार्षिक साधारणसभा माघ १४ गते बोलाइएको छ ।

उक्त साधारण सभाले गत आर्थिक वर्ष २०७९÷८० का लागि प्रस्तावित चुक्तापुँजी ३ अर्ब ७५ करोड रुपैयाँको कुल ५=२६३२ प्रतिशत लाभांश अनुमोदन गर्नेछ ।

जसमा ५ प्रतिशतले हुन आउने १८ करोड ७५ लाख रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०=२६३२ प्रतिशतले हुन आउने ९८ लाख ६८ हजार ४२१ रुपैयाँ नगद लाभांश छन् । सभाले बोनस सेयरपछि चुक्तापुँजी बढेर ३ अर्ब ९३ करोड ७५ लाख रुपैयाँ पुग्ने भएकोले सोहीबमोजिम कम्पनीको प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ ।

प्रकाशित मिति : २६ पुस २०८०, बिहिबार  ११ : १२ बजे