Logo

मुख्य समाचार

यस्ताे रहने छ आज माैसम



काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावले आज बिहान कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

तराईका अधिकांश भू–भागहरूमा हुस्सु र कुहिरो लागेको र जाडो बढेकाे जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ । आज दिउँसो कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

विभागका अनुसार राति कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ विभागले जनाएको छ ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ६ : ३१ बजे