काठमाडौं । नेप्सेमा करेक्सन देखिएको छ । अघिल्लो दिन २६ दशमलव ३६ अंकले घटेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार भने ३६ दशमलव ५७ अंकले बढेर दुई हजार ५९ दशमलव ४९ अंकमा पुगेको छ । म्युचुाल फन्डबाहेक बाँकी सबै समूहका सूचक बढेका छन् ।
जीवन बिमा समूहमा सबैभन्दा बढी उत्साह देखिएको छ । १५ कम्पनीको भाउ ९ प्रतिशतभन्दा माथि सर्किट लेबलसम्म बढेका छन् । सोमबारबाट कारोबार सुरु भएको हिमालयन रिइन्सुरेन्समा सकारात्मक सर्किट लागेको छ । यस दिन ४ अर्ब ६७ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।
प्रतिक्रिया