Logo

कर्पोरेट

तीन बीमा कम्पनी प्राधिकरणको कारबाहीमा



काठमाडौं । बीमा प्राधिकरणको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले तीन वटा निर्जीवन बीमा कम्पनीहरूलाई नगद जरिवाना लगाएको छ।

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स, युनाइटेड अजोड र राष्ट्रिय बीमा कम्पनीलाई २–२ लाखको दरमा नगद जरिवाना गरिएको हो।

प्राधिकरणले गरेको स्थलगत निरीक्षणका क्रममा यथेष्ठ मात्रामा कैफियत फेला परेपछि स्पष्टीकरण सोधिएको थियो। चित्त बुझ्दो स्पष्टीकरण प्राप्त नभएपछि प्राधिकरणले नगद जरिवाना गरेको हो।

स्थलगत निरीक्षणका क्रममा अधिकांश बीमा कम्पनीहरूले उधारो बीमा गराएको, रेट कटिङ गरेको, सम्पत्ति शुद्धीकरणमा ध्यान नदिएको, दाबी भुक्तानीमा बीमितलाई दुःख दिएको लगायत देखिएको थियो।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ५ : ४४ बजे