Logo

कर्पोरेट

सिटिजन्स बैंकका ग्राहकलाई द द्वारीकाज् होटलमा विशेष छुट


१५ कार्तिक २०८०, बुधबार  

92
Shares

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकलाई द द्वारीकाज् होटलमा विशेष छुट पाइने भएको छ ।

मङ्गलवार बैंक र होटलबीच विशेष छुट दिने साझेदारी पत्रमा हस्ताक्षर भएको हो ।

साझेदारी अनुसार बत्तिसपुतली, काठमाडौं स्थित द द्वारीकाज् होटल द्वारा सञ्चालित माकोज् रेस्टुरेन्ट र तोरन रेस्टुरेन्टमा बैंकका कार्डवाहक ग्राहकले १० प्रतिशतसम्मको छुट पाउनेछन् ।

उक्त सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । साथै, डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिन्छ ।

बैंकले देशैभरि १८८ शाखा, १४८ एटीएम र ९७ वटा शाखा रहित बैंकिङ्ग इकाईहरूबाट ग्राहकलाई बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  १ : ०७ बजे