Logo

Breaking News 1

प्रदेश सरकारमा सहभागी हुने या नहुने विषयमा छलफल गर्न जसपाको बैठक जारी


१४ कार्तिक २०८०, मंगलबार  

69
Shares

सुनसरी। जनता समाजवादी पार्टी (जसपा) नेपाल प्रदेश सरकारमा सहभागी हुने या नहुने विषयमा छलफल गर्न प्रदेश समितिको बैठक अहिले सुनसरीको इटहरीमा सुरु भएको छ ।

पार्टीले कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिएको छ । तर सरकारमा सहभागी हुने या नहुने अन्योल भएको बेला जसपा प्रदेश समितिले त्यसको बारेमा छलफल गर्न बैठक बोलाएको हो ।

एमालेको सहयोगमा बनेको सरकारमा सत्ता गठबन्धन दल सहभागी हुने या नहुने अझै अन्योल छ । मुख्यमन्त्री कार्कीले भने सत्ता गठबन्धनमा रहेका दललाई पनि सरकारमा सहभागी गराउने भन्दै आएका छन् ।

तर यसमा एमालेले मानेको छैन । सरकारमा सहभागी हुने कि नहुने विषयमा जसपा कोशी प्रदेशले टुङ्गो लगाउन लागेको पार्टीका केन्द्रीय प्रचार विभागका प्रमुख पूर्ण बस्नेतले बताए ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  १ : ४३ बजे