Logo

Breaking News 1

कोसीमा बजेट शून्यता हटाउन आर्थिक र विनियोजन अध्यादेश जारी गर्ने



विराटनगर ।  कोसी प्रदेश सरकारले जारी बजेट शून्यता अन्त्य गर्न प्रदेश आर्थिक अध्यादेश र कोसी प्रदेश विनियोजन अध्यादेश २०८० जारी गर्ने निर्णय गरेको छ ।

‘सर्वोच्च अदालतको परमादेशपछि’ शुक्रबार हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भएका थिए । शुक्रबार राति बसेको मन्त्रिपरिषद्को बैठकले आर्थिक र विनियोजन सम्बन्धी अध्यादेश जारी गर्ने निर्णय गरेको हो ।

खानेपानी, सिंचाई तथा उर्जामन्त्री तिलकुमार मेन्याङ्बोले आर्थिक वर्ष २०८०र०८१ को स्रोतगत र आर्थिक व्ययको विवरण र कार्यक्रमगत बजेट विनियोजन सार्वजनिक गर्न पनि मन्त्रिपरिषद्ले स्विकृति प्रदान गरेको जानकारी दिए ।

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार  २ : १३ बजे