Logo

मुख्य समाचार

पाकिस्तानमा भ्यान दुर्घटना हुँदा ६ जनको मृत्यु, ५ घाइते



कराँची । पाकिस्तान भ्यान दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । पाकिस्तानकाको मनसेरामा यात्रुबाहक भ्यान अनियन्त्रित भई खाडलमा खस्दा दुई महिलासहित छ जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार सो दुर्घटनामा परी अन्य पाँच जना घाइते भएका छन् भने उनीहरुको उपचार भईरहेको छ । मिडिया रिपोर्टका अनुसार मानसेराका जिल्ला आपतकालीन अधिकारीले भ्यान बट्टग्रामबाट मानसेरातर्फ गइरहेको अवस्थामा दुर्घटना भएको बताए । सो क्रममा चालकले गाडीको नियन्त्रण गुमाए पछि भ्यान खाडलमा खसेको थियो ।

सो भ्यानमा १३ जना सवार रहेको उनले बताए । दुर्घटना लगत्तै उद्धार टोलीले घटनास्थलमा पुगेर शव र घाइतेलाई खाल्डोबाट बाहिर निकालेको थियो ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  ८ : ३३ बजे