Logo

खेलकुद

‘ए’ डिभिजन लिगमा तीन खेल हुँदै



काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज आइतबार तीन खेलहरु हुँदै छन् । लिगको दोस्रो लेगको सातौं चरण अन्तर्गत आइतबार तीन खेलहरु हुनेछन् । जसमा दुई दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा एपीएफ क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ । एपीएफ र मनाङबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

एपीएफ आज सातौं जितको योजनामा हुनेछ । एपीएफ १९ खेलमा २२ अंक जोडेर दशौं स्थानमा रहेको छ । मनाङ छैटौं जितको खोजीमा हुनेछ । मनाङ १९ खेलमा २३ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

दशरथ रंगशालामा हुने दोस्रो खेलमा जावलाखेल युथ क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल साँझ ६ बजे सुरु हुनेछ । जावलाखेल दशौँ जितको योजनामा छ । जावलाखेल १९ खेलमा ३२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

संकटा छैटौं जितको योजनामा रहेको छ । संकटा १९ खेलमा २२ अंक जोडेर ११ औं स्थानमा रहेको छ । च्यासल मैदानमा न्युरोड टिम एनआरटी र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । एनआरटी र मछिन्द्रबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

एनआरटी आज छैटौं जितको खोजीमा हुनेछ । एनआरटी १९ खेलमा २३ अंक जोडेर नवौं स्थानमा रहेको छ । मछिन्द्र नवौं जित निकाल्न चाहन्छ । मछिन्द्र १९ खेलमा ३१ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०८०, आइतबार  ७ : ४८ बजे