Logo

Breaking News 1

कोशी प्रदेश : जसपाकी एक्ली प्रदेश सांसद लिम्बू स्वास्थ्यमन्त्री


२६ श्रावण २०८०, शुक्रबार  

69
Shares

मोरङ । कोशीमा जनता समाजवादी पार्टी (जसपा) शुक्रबार सरकारमा सहभागी हुने भएको छ । जसपाकी एक्ली प्रदेश सांसद निर्मला लिम्बूले स्वास्थ्यमन्त्रीमा शपथ लिन लागेकी हुन् ।

मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिनुअघि गठबन्धन दलबाट १/१ जना मन्त्री हुने पूर्वसहमतिअनुसार जसपाकी सांसद निर्मला लिम्बूले शुक्रबार स्वास्थ्यमन्त्रीमा शपथ लिन लागेको बताए । लिम्बूले दिउँसो २:३० बजे प्रदेश प्रमुख प्रशुराम खापुङ्बाट पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको उनले बताए ।

गठबन्धन दल कांग्रेसको तर्फबाट कोशीको मुख्यमन्त्री बनेका थापाले शुक्रबार बिहान पत्रकार सम्मेलन गरी आन्दोलनरत पहिचान पक्षधरको माग सम्बोधनका लागि प्रतिबद्धता जनाएका छन् । उनीहरूको माग सम्बोधनका लागि मुख्यमन्त्री थापाले सार्वजनिक प्रतिबद्धतापत्र सार्वजनिक गरेपछि जसपा सरकारमा सहभागी हुने भएको हो ।

तत्कालीन मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारमा पनि स्वास्थ्यमन्त्री रहेकी लिम्बूले पहिचान पक्षधरको आन्दोलनमा सरकारले बल प्रयोग गर्न लागएको विरोधमा पार्टीको निर्णयअनुसार पदबाट राजीनामा दिएका थिए । त्यसपछि तत्कालीन सभामुख बाबुराम गौतमको हस्ताक्षरले असंवैधानिक रूपमा बहुमत पुर्‍याएर पहिलो पटक थापा मुख्यमन्त्री नियुक्त हुँदा पनि जसपाले पहिचान पक्षधरको माग सम्बोधनका लागि प्रदेश सरकारले सार्वजनिक प्रतिबद्धता नजनाएसम्म सरकारमा सहभागी नहुने अडान लिएका थिए ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  १ : ३४ बजे