Logo

ग्यालेरी

तस्विरमा विश्वकप छनोट प्लेअफमा नेपाल र युएईबीचको खेल



काठमाडौं । विश्वकप क्रिकेट छनोटमा असफल भएको नेपालले आइतबार युएईलाई ३ विकेट पराजित गरेको छ ।

नेपालको जीतको नायक दिपेन्द्रसिंह ऐरी बने । उनले कुनैबेला धरमराएको इनिङ्सलाई उकासेनन् मात्रै रोमाञ्चक जीतसम्म लगे । उनलाई लेग स्पीनर सन्दिप लामिछानेले दरिलो साथ दिए । दिपेन्द्रले टीममा पुनरागमन गर्दै १८१ रनको लक्ष्य लक्ष्य नेपालले ४४औं ओभरमा भेट्टायो ।

नेपालका लागि दिपेन्द्रसिंह ऐरी ७९ रनमा र सन्दीप लामिछाने २३ रनमा नटआउट रहे । ८५ बल खेलेका ऐरीले ७ चौका र २ छक्का हाने ।

तस्विर : नेपाल क्रिकेट संघ

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ९ : ३७ बजे