Logo

कोशी

पाँच दिनमा सरकारको दाबी गर्न कोशीका प्रदेश प्रमुखद्वारा आह्वान



काठमाडौँ । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनको आह्वान गरेका छन् ।

उनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको नेतृत्वमा सरकार गठन गर्न आह्वान गरेका हुन् ।

प्रदेश प्रमुख खापुङले नयाँ सरकार गठनका लागि पाँच दिनको समय दिएका छन् । अब असार २१ गते अपराह्न ५ बजेसम्म सरकारमा दाबी गर्नुपर्नेछ । निर्वतमान मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकार गत शुक्रबार मात्रै ढलेको थियो ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ९ : ०७ बजे