काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा विश्वासको मत माग्ने भएका छन् । बुधबार बसेको एमाले संसदीय दलको बैठकले मुख्यमन्त्रीका लागि विपक्षी दलहरुसँग पनि विश्वासको मत माग्ने निर्णय गरेको हो ।
सरकारमा रहेका जसपा र माओवादी केन्द्रले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएपछि एमाले नेतृत्वको सरकार अल्पमतमा परेको छ । प्रदेश प्रमुख परशुराम खापुङले बिहीबारका लागि प्रदेशसभाको बैठक आह्वान गरेका छन् । त्यही बैठकमा विश्वासको मत माग्ने निर्णय एमालेले गरेको हो ।
९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । अहिलेका मुख्यमन्त्रीको पक्षमा ४६ मत छ । कोशी प्रदेशमा एमालेको ४० सिट रहेको छ भने राप्रपाको ६ सिट छ ।
विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका २९, सभामुखबाहेक माओवादी केन्द्रका १२, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका एक सांसद छन् ।
प्रतिक्रिया