Logo

Breaking News 1

संसद्‌मा वार्षिक बजेटमाथि छलफल भोलिदेखि



काठमाडौं । संसद्‌मा भोलिदेखि सरकारको वार्षिक बजेटमाथि छलफल हुने भएको छ । प्रतिनिधिसभाको बैठक भोलि बिहान ११ बजे बस्ने गरी बोलाइएको छ । दोस्रो अधिवेशनको १७औँ बैठक बस्न लागेको हो ।

बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले वक्तव्यसहित ‘आ.व. २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

त्यसपछि बजेटमाथि छलफल सुरु हुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । यस्तै, बैठकमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची समेत छ ।

प्रकाशित मिति : २० जेष्ठ २०८०, शनिबार  ८ : ३० बजे