Logo

Breaking News 1

नक्कली शरणार्थी प्रकरण : बिहिबारसम्म अदालतमा मुद्दा दायर हुने



काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध करीब २७ करोड बिगो कायम गरी मुद्दा चलाउनुपर्ने रायसहितको प्रहरी प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं बुझेको छ ।

पक्राउ परेर हिरासतमा रहेका १६ र पक्राउ पर्न बाँकी १४ गरी ३० जनालाई प्रतिवादी बनाउनुपर्ने निष्कर्षसहित प्रहरीले सोमबार प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको हो ।

प्रहरीले बुझाएको प्रतिवेदन १७८ पृष्ठको रहेको बताइएको छ । आरोपीहरूलाई संगठित अपराध, ठगी र राष्ट्रहित प्रतिकूलको कामसम्बन्धी कसूरमा मुद्दा चलाउन प्रहरीको राय छ ।

प्रहरीले बुझाएको प्रतिवेदन अध्ययन र मुद्दा अभियोजनका लागि काम भइरहेको जिल्ला सरकारी वकिलको कार्यालयले जानकारी दिएको छ । कार्यालयका अनुासार आगामी बिहिबारसम्म अदालतमा मुद्दा दायर हुनेछ ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै चलेको ठगी धन्दामा संलग्न भएको आरोपमा २ पूर्वमन्त्री, बहालवाला सचिवसहित १६ जना पक्राउ परिसकेका छन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार  ८ : १२ बजे