Logo

Breaking News 1

इलाम–२ र बझाङ–१ ‘क’मा आज उपनिर्वाचन



काठमाडौं । इलाम– २ र बझाङ १ ‘क’ मा आज उपनिर्वाचन हुँदै छ । निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयका अनुसार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ ।

इलाम-२ मा १२ राजनीतिक दलबाट १२ जना र ८ जना स्वतन्त्र उम्मेदवार गरी जम्मा २० जनाको मनोनयन पत्र दर्ता भएको थियो । स्वतन्त्र उम्मेदवार केशव कुमार चापागाईंले उम्मेदवारी फिर्ता लिएपछि बाँकी १९ जनाको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गरिएको छ ।

त्यस्तै बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि १२ राजनीतिक दलबाट १२ जनाको मनोनयन पत्र दर्ता भएको थियो । नेपाली जनता दलका उम्मेदवार अशोक सुनारले उम्मेदवारी फिर्ता लिएपछि बाँकी ११ जनाको अन्तिम नामावली प्रकाशन भई निर्वाचन चिह्न समेत प्रदान गरिएको छ ।

आज प्रतिनिधिसभातर्फ इलाम–२ र प्रदेशतर्फ बझाङ १ को ‘क’ मा उपनिर्वाचन हुन लागेको हो । इलाममा १९ र बझाङमा ११ उमेदवार चुनावी मैदानमा छन् ।

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  ६ : १० बजे