Logo

कर्णाली प्रदेश

कर्णाली प्रदेशको बजेट अधिवेशन जेठ १० गतेबाट शुरु हुने



काठमाडौं । कर्णाली प्रदेशको बजेट अधिवेशन जेठ १० गतेदेखि सुरु हुने भएको छ ।

बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले जेठ १० गते दिउँसो ३ बजे बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख तिलक परियारसमक्ष सिफारिस गरेको हो ।

अधिवेशनमा सरकारको नीति, कार्यक्रम र बजेट प्रस्तुत हुनेछ । यसअघि १७ वैशाखमा प्रदेशसभाको अधिवेशन अन्त्य गरिएको थियो ।

प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहिबार  ८ : ११ बजे