Logo

मुख्य समाचार

शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग एमालेको माग



काठमाडौं । नेकपा एमालेले कोशी प्रदेशमा पार्टीका नेतामाथि आक्रमण भइरहेको घटनाप्रति ध्यानाकर्षण भएको भन्दै शान्ति सुरक्षाको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

एमाले प्रचार विभागका सचिव गगन विष्टले विज्ञप्ति जारी गरी कोशी प्रदेशमा एमाले नेतामाथि आक्रमण गर्नेलाई कारवाही माग गरेका हुन् ।

इलामको माङसेवुङ गाउँपालिका आयोजित बैठकमा सहभागी हुने जाने क्रममा एमाले केन्द्रीय सदस्य राम राना चढेको गाडीमा सोही गाउँपालिकको वडा नं ३ घर्तीदोभान नजिककै ढुङ्गामुढा भएको थियो ।

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार  ९ : १३ बजे