काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै रकम असुल आरोपमा एमाले सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ परेका छन् ।
ठगी आरोपमा पक्राउ पर्ने रायमाझी अहिलेसम्म पक्राउ परेकामध्ये सबैभन्दा ठुलो ओहोदाको नेता हुन् । विक्रम सम्बत् २०६४ सालयता भएका सबै निर्वाचनमा अर्घाखाँचीबाट विजयी हुँदै आएका रायमाझी धेरै अवसर पाउने नेतामध्ये एक हुन् ।
२०३४ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएका रायमाझी सुरुमा नेकपा मसालमा सक्रिय थिए । २०४४ सालमा उनी अनेरास्ववियु छैटौको अध्यक्ष बनेका थिए ।
रायमाझी २०४८ सालमा डाक्टर बाबुराम भट्टराईसँगै प्रचण्ड नेतृत्वको मसालमा गएका थिए । २०५२ सालमा माओवादीले सशस्त्र जनयुद्ध गर्दा रायमाझी भूमिगत भएका थिए ।
युद्धकालिन समयमा सरकार–माओवादी शान्ति वार्ताको बेला टोलीको सदस्य समेत बनेका रायमाझी २०७२ सालमा बसेको केपी ओली सरकारमा उपप्रधानसहित ऊर्जा मन्त्री बनेका थिए ।
२०७७ साल पुसमा भएको प्रतिनिधि सभा विघटनपछि २०७८ मंसिरमा चितवनमा सम्पन्न एमालेको महाधिवेशनबाट रायमाझी सचिव बनेका थिए ।
प्रतिक्रिया