Logo

Breaking News 1

मेयर हर्क साम्पाङ्गले माफी मागेपछि धरानमा विवाद मिल्यो



काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख र कार्यपालिका सदस्यहरु बीचको विवाद मिलेको छ । मेयर हर्क साम्पाङले कार्यपालिका बैठकमा वडाध्यक्षहरुको राजीनामा माग गरेकोप्रति आत्मालोचना गरेपछि दुई महिनापछि विवाद समाधान भएको हो ।

मेयर साम्पाङका स्वकीय सचिवले २९ फागुनमा उपमहानगरको लेटरप्याडमा वडाध्यक्षहरुसँग कामको प्रगति विवरण पठाउन निर्देशन पत्र पठाएपछि विवाद सुरू भएको थियो ।

चैत १ गतेको कार्यपालिका बैठकमा वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुले उक्त निर्देशन पत्र फिर्ता हुनुपर्ने माग राखेर विरोध जनाएका थिए । बैठकमा फरक मत राखेका वडाध्यक्ष राईलाई ३ चेतमा मेयर साम्पाङले स्पष्टीकरण सोधेका थिए ।

चैत ५ गते २८ जना कार्यपालिका सदस्यहरुले मेयर साम्पाङको ध्यानाकर्षण गराएपछि मेयर राईले वडाध्यक्षहरुको राजीनामा मागे पछि विवाद थप चर्किएको थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ८ : ४४ बजे