Logo

कर्पोरेट

नयाँ सारथि लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं । नयाँ सारथि लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । साधारण सभामा यस लघुवित्तले २० प्रतिशत लाभांश वितरण गर्ने छ ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर १९ प्रतिशत र कर तिर्न १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । अख्तियारी सञ्चालक समितिलाई प्रबन्धपत्र तथा नियमावली संशोधन प्रदान गर्ने प्रस्ताव पनि रहेको छ ।

गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०७९र८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।

यस संस्थाले साधारणसभा तथा लाभांश प्रयोजनको लागि चैत १५ गते बुक क्लोज गर्दैछ । त्यसैले यो कम्पनीको लाभांश सुरक्षित गर्न आजै सेयरधनी बनिसक्नु पर्नेछ । नयाँ सारथीले चैत २८ गते वार्षिक साधारणसभा बोलाएको छ ।

त्यस्तै, नयाँ सारथि र विजय लघुवित्तबीच हुने मर्जर प्रक्रियालाई पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान, १:१ अनुपातमा स्वाप रेसियो पारित गर्ने एजेन्डा छ ।

यसैगरी दुई लघुवित्त मर्ज भएपछि वित्तीय संस्थाको अधिकृत पुँजी, जारी पुँजी तथा थप सार्वजनिक निष्कासनसहित चुक्ता पुँजी वृद्धि प्रस्ताव पारित गर्ने एजेन्डा पनि छ ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  १० : ३१ बजे